दफा ४९
आदेश जारी गर्ने
(१) आयोगले संविधान तथा प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने प्रयोजनका लागि आवश्यक आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश पालना गर्नु देहायका निकाय, संस्था, सङ्गठन वा व्यक्तिहरुको कर्तव्य हुनेछः–
(क) सरकारी वा अर्धसरकारी निकाय वा संस्था,
(ख) निजी क्षेत्र वा गैरसरकारी संस्था,
(ग) राजनीतिक दल तथा त्यसका पदाधिकारी,
(घ) मतदाता,
(ङ) उम्मेदवार र निजका प्रतिनिधि,
(च) निर्वाचनको प्रचार–प्रसार तथा अनुगमनमा संलग्न व्यक्तिहरु,
(छ) आयोगले समय–समयमा तोकेको संस्था वा व्यक्ति ।
(३) यस दफा बमोजिम आयोगले जारी गरेको आदेश उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकाय, संस्था, सङ्गठन वा व्यक्तिलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।